सांसदको गाडीले पैदलयात्रीलाई ठक्कर दिँदा एकजनाको मृत्यु, एक घाइते « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सांसदको गाडीले पैदलयात्रीलाई ठक्कर दिँदा एकजनाको मृत्यु, एक घाइते


२१ जेष्ठ २०७८, शुक्रबार


काठमाडौँ । प्रदेश १ सभा सदस्य बिन्दिया कार्कीले प्रयोग गर्दै आएको सवारी साधनले पैदलयात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

प्रदेश १ सभा सदस्य बिन्दिया कार्कीको छोरा रोविन कार्कीले चलाएको कारको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ।

प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारकोले साँझ साढे ८ बजे विराटनगर ४ स्थित नहर चौकमा पैदलयात्री भारत कटियारीका ३५ वर्षीया मुकेश शर्माको ठक्कर दिदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक मानबहादुर राईले बताए। डिएसपी राईका अनुसार सडकमा हिँडिरहेको समयमा पछाडिबाट कारले दुई जनालाई ठक्कर दिएको थियो।

त्यसमध्ये भारतीय नागरिक शर्माको घटना स्थलमै मुत्यु भएको थियो भने अर्को पैदलयात्री कटहरी निवासी २७ वर्षीया राजकुमार राजवंशी पनि घाइते भएका छन्। उनको नोबेल अस्पतालमा उपचार भइरहेको राईले बताए। उनीहरु विराटनगर–४ स्थित न्यू एभरेष्ट स्टिल उद्योगमा कार्यरत मजदुर हुन्।

पैदलयात्रीलाई ठक्कर दिएपछि चालक भने फरार भएकाले खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस