चीनको सिनोभ्याक खोपले पायो आपत्कालीन प्रयोगको अनुमति « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

चीनको सिनोभ्याक खोपले पायो आपत्कालीन प्रयोगको अनुमति


१९ जेष्ठ २०७८, बुधबार


काठमाडौँ । चीनको सिनोभ्याक कम्पनीको खोपले आपत्कालीन अनुमतिको मान्यता पाएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस (कोभिड–१९)विरुद्धको चीनको सिनोभ्याक कम्पनीको खोपलाई आपत्कालीन प्रयोगको लागि अनुमति दिएको हो ।

यो खोप १८ वर्ष माथिको उमेर समूहलाई लगाउन मिल्ने सिफारिस गरिएको छ । डब्ल्यूएचओले मान्यता दिएको यो दोस्रो चिनियाँ खोप हो । यसलाई पनि चार साताको अन्तरालमा दुई मात्रा लगाउनु पर्छ ।

डब्ल्यूएचओका अनुसार आपत्कालीन प्रयोग अनुमतिको अर्थ ‘सुरक्षा, प्रभावकारिता तथा उत्पादनका अन्तर्राष्ट्रिय मापदण्ड’ पूरा गरेको हो ।

अध्ययनहरूका अनुसार सिनोभ्याकको खोपले खोप लगाएकाहरूमध्ये आधाभन्दा धेरै मानिसमा लक्षणसहितको बिमारी रोक्ने अनि शतप्रतिशत मानिसमा गम्भीर बिमारी र अस्पताल भर्ना हुनुपर्ने अवस्था रोक्ने पाइएको बीबीसीले जनाएको छ।

सिनोभ्याकको यो खोप चीनका अतिरिक्त चिली, ब्राजिल, इन्डोनेशिया, मेक्सिको, टर्की र थाइल्यान्डमा यसअघि नै लगाउन थालिसकिएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस