सरकार र थारु कल्याणकारिणी सभाबिच ६ बुँदे सहमति, रेमश चौधरीको रिहाइका लागि पहल गर्ने सहमति « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सरकार र थारु कल्याणकारिणी सभाबिच ६ बुँदे सहमति, रेमश चौधरीको रिहाइका लागि पहल गर्ने सहमति


१८ जेष्ठ २०७८, मंगलबार


काठमाडौँ। सरकार र थारु कल्याणकारिणी सभाबिच ६ बुँदे सहमति भएको छ ।

टीकापुर घटनामा दोषी ठहर भएका सांसद रेशम चौधरीसहित ५८ जनामाथि लागेका मुद्दा फिर्ता र रिहाइका लागि संविधान र कानुनसम्मत पहल गर्ने सहमति दुई पक्षबिच भएको हो ।

सहमति अनुसार थरुहट÷थारुवान् आन्दोलनका क्रममा ज्यान गुमाई राहत नपाएका परिवारलाई राहत दिने, शहीद परिवारको उचित व्यवस्थापन गर्ने घाइतेको उपचार गर्ने र आन्दोलनका क्रममा विभिन्न स्थानमा भएको धनजनको क्षतिको छानबिन र मूल्याङ्कन गरी क्षतिपूर्ति उपलब्ध गराउने प्रक्रिया अघि बढाउने भनिएको छ ।

सरकारले थारु कल्याणकारिणी सभासँग वार्ता गर्न कानुन न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठ, राजन भट्टराई र भगवती चौधरी रहेको वार्ता टोली गठन गरेको थियो । थारु कल्याणकारिणी सभाका तर्फबाट वार्ता टोलीमा रुक्मिणी चौधरी, प्रेमीलाल चौधरी, पदमनारायण चौधरी, प्रभात चौधरी र चन्द्रप्रसाद चौधरी रहेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस