राष्ट्रियसभा उपनिर्वाचनमा काँग्रेसका दृगनारायण पाण्डेय विजयी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रियसभा उपनिर्वाचनमा काँग्रेसका दृगनारायण पाण्डेय विजयी


१७ जेष्ठ २०७८, सोमबार


बुटवल । लुम्बिनी प्रदेशको राष्ट्रियसभा उपनिर्वाचनमा उम्मेदवार दृगनारायण पाण्डेय विजयी भएका छन् ।

पाण्डेयले सत्तारुढ एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गर्दै जित हाँसील गरेका हुन् ।

पाण्डेयले प्रदेशसभातर्फ ४२ र स्थानीय तह तर्फ ११८ जनाको मत पाएका छन् । खड्काले प्रदेशसभातर्फ ४० र स्थानीय तहतर्फ ९४ जनाको मत पाएका छन् ।

प्रदेशसभा तर्फ १ मत र स्थानीय तहतर्फ २ मत बदर भएको छ । विजयी पाण्डेय हालै मात्र प्रदेश सभा सदस्यबाट राजीनामा दिएर नेपाली काँग्रेस प्रवेश गरेका थिए । उनी माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको साझा उम्मेदवार बनेका थिए ।

निर्वाचनमा प्रदेशतर्फ ८३ र स्थानीय तहतर्फ २१४ गरी २९७ मत खसेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस