चिनियाँ खोप लिन नेपाल वायुसेवा निगमको जहाज आज बेइजिङ जाँदै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

चिनियाँ खोप लिन नेपाल वायुसेवा निगमको जहाज आज बेइजिङ जाँदै


१७ जेष्ठ २०७८, सोमबार


काठमाडौँ । कोरोना भाइरसविरुद्धको चिनियाँ खोप लिन आज नेपाल वायुसेवा निगमको जहाज बेइजिङ उड्ने भएको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले सहयोगको लागि प्रदान गरेको खोप लिन आज राति ११ बजे नेपाल एयरलाइन्सको चार्टर विमान बेइजिङ उड्न लागेको हो ।

सोमबार राति उडेको विमान मंगलबार राढे २ बजे खोप लिएर फर्किने छ ।

गत बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी एवं अन्य विभिन्न राजनीतिक दलका प्रतिनिधिसँगको संयुक्त छलफलमा चिनियाँ राष्ट्रपति सीले नेपाललाई १० लाख डोज खोप दिने घोषणा गरेका थिए ।

जसमध्ये मंगलबार ८ लाख डोज खोप नेपाल एयरलाइन्सले ल्याउने तयारी गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस