लुम्बिनीमा आज राष्ट्रियसभा उपनिर्वाचन, भर्चुअल माध्यमबाट मतपरिणाम « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

लुम्बिनीमा आज राष्ट्रियसभा उपनिर्वाचन, भर्चुअल माध्यमबाट मतपरिणाम


१७ जेष्ठ २०७८, सोमबार


काठमाडौँ । लुम्बिनी प्रदेशअन्तर्गत राष्ट्रियसभामा रिक्त पदको आज उपनिर्वाचन हुँदै छ । राष्ट्रियसभा सदस्य रहेका चन्द्रबहादुर खड्का नेकपा एमाले प्रवेश गरेपछि नेकपा माओवादी केन्द्रले कारबाही गर्दा रिक्त भएको पदमा उपनिर्वाचन हुन लागेको हो ।

आज बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ ।

मतदानस्थल दाङको घोराही उपमहानगरपालिकास्थित कर्मचारी मिलन केन्द्रमा तोकिएको छ । उक्त मतदानस्थलमा प्रदेशसभा सदस्यका लागि (क), गाउँपालिका अध्यक्ष–उपाध्यक्ष र नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि (ख) र कोभिड संक्रमितका लागि (ग) मतदान केन्द्र तोकिएको आयोगले जनाएको छ ।

उक्त निर्वाचनमा नेकपा एमालेको तर्फबाट चन्द्रबहादुर खड्का र विपक्षी गठबन्धनकातर्फबाट दृगनारायण पाण्डे उमेदवार रहेका छन् । पाण्डे नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा पार्टीका साझा उमेदवार हुन् ।

उपनिर्वाचनमा प्रदेशसभा सदस्य ८३ र गाउँपलिकाका अध्यक्ष–उपाध्यक्ष, नगरपालिकाका प्रमुख–उपप्रमुख २१७ गरी जम्मा ३०० मतदाता छन् ।

निर्वाचनको नतिजा भर्चुअल माध्यमबाट आज नै सार्वजनिक गरिने जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस