रेलमार्गका लागि १० अर्ब ३ करोड बजेट विनियोजन  « प्रशासन
Logo १५ माघ २०७८, शनिबार
   

रेलमार्गका लागि १० अर्ब ३ करोड बजेट विनियोजन 


१५ जेष्ठ २०७८, शनिबार


काठमाडौँ। सरकारले पूर्वपश्चिम रेलमार्गसहितका रेलमार्ग आयोजनाका लागि आगामी आर्थिक वर्ष २०७८/७९ का लागि १० अर्ब ३ करोड बजेट छुट्याएको छ ।

शनिबार अध्यादेशमार्फत आएको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले रेलमार्गका आयोजनाहरुका लागि १० अर्ब भन्दा बढी बजेट विनियोजन गरेको जानकारी दिए ।

उनले आगामी वर्ष जनकपुर–जयनगरसहितका रेलमार्गमा रेल चलाइने घोषणा गरेका छन् ।

अहिले दुई छिमेकी देशसँग जोडिने प्रस्तावित अन्तरदेशीय रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने काम उनीहरुकै जिम्मामा छाडेको छ । पूर्वपश्चिम रेलमार्गको मध्य खण्डमा भने सरकार आफैँले निर्माण गरिरहेको छ ।

चालु आर्थिक वर्षमा सरकारले रेलमार्गका लागि ८ अर्ब ६६ करोड बजेट विनियोजन भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस