किर्तिपुर र चन्द्रागिरी नगरपालिकाका बर्ड फ्लु पुष्टि, टर्की तथा कुखुरा नष्ट « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

किर्तिपुर र चन्द्रागिरी नगरपालिकाका बर्ड फ्लु पुष्टि, टर्की तथा कुखुरा नष्ट


१२ जेष्ठ २०७८, बुधबार


काठमाडौँ । पशु सेवा विभागले काठमाडौँको किर्तिपुर नगरपालिकाको वडा नम्बर ४ र वडा नम्बर ९ तथा चन्द्रागिरी नगरपालिकाको वडा नम्बर २ का कृषकले पालेका टर्कीमा २ दिन अघि बर्ड फ्लु पुष्टि भएपछि टर्की तथा कुखुरा नष्ट गरेको छ ।

विभागले ५ सय ३५ टर्की, ४ सय ९२ स्थानीय कुखुरा, ७६ बट्टाई २० हाँस, १ सय ७८ अण्डा र ९ सय किलो दाना नष्ट गरेको छ ।

गत माघ महिनापछि काठमाडौँ, सुर्खेत, जाजरकोट र ललितपुरमा देखा परेको बर्ड फ्लु रोग तत्काल नियन्त्रण गरी त्यस क्षेत्रमा सघन निगरानी कार्यलाई नियमित रुपमा सञ्चालन गर्दै आएको थियो ।

निगरानीकै क्रममा नमूना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा २ दिन अघि पीसीआर विधिबाट परीक्षण गर्दा बर्ड फ्लु रोग एचफाइभ एनएट प्रमाणित पशु सेवा विभागले एक विज्ञप्ती जारी गर्दै बुधबार साँझ जानकारी गराएको हो ।

रोग पूर्ण रुपमा नियन्त्रणमा रहेको र निगरानी कार्यलाई निरन्तरता दिइएको हुदाँ आम उपभोक्तालाई सुनिश्चित हुन अनुरोध गर्दै रोगलाई पूर्ण नियन्त्रणमा राख्ने काममा सघाउन विभागले विज्ञप्तीमार्फत अपिल गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस