जिल्ला प्रशासन कार्यालय पर्साको प्रष्टोक्ती-निषेधाज्ञामा नागरिकता वितरण भएको छैन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

जिल्ला प्रशासन कार्यालय पर्साको प्रष्टोक्ती-निषेधाज्ञामा नागरिकता वितरण भएको छैन


१२ जेष्ठ २०७८, बुधबार


वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले हाल जिल्लाभर जारी निषेधाज्ञाको समयमा नागरिकता वितरण नभएको जनाएको छ।

पछिल्लो समय निषेधाज्ञाको बेलामा पनि नागरिकता वितरण भएको सूचना समाजिक सञ्जाल र सञ्चार माध्यममा समाचार आएकोप्रति ध्यानाकर्षण भएको जनाउँदै आज बुधबार एक विज्ञप्ती जारी गर्दै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको बेलामा नागरिकता वितरण नगरिएको जानकारी गराएको छ।

जिप्रका पर्साले विज्ञप्ती जारी गर्दै जिल्लामा बढ्दो कोरोना संक्रमणको नयाँ भेरियन्टको चेन ब्रेक गर्नको लागि गत वैशाख १६ गतदेखि हालसम्म निषेधाज्ञा जारी रहेको तथा यो समयमा कार्यालयका अत्यावश्यक कामबाहेक नागरिकता वितरणजस्ता अन्य कार्यहरु नभएको जनाएको हो।

नागरीकता सम्बन्धि समाजिक सञ्जालमा भएका पोष्ट समाचारहरु आधारहीन, असत्य र कपोकल्पित भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बताए।

साथै निषेधाज्ञा जारी भएको अवस्थामा कार्यालयबाट शान्ति सुरक्षा कोभिड नियन्त्रणसँग सम्बन्धित कार्य एवं अतिआवश्यक कामबाहेक अन्य सबै प्रकारका सेवा हाललाई स्थगित गरिएको उनले बताए।

 

Tags :
प्रतिक्रिया दिनुहोस