यस्तो छ १४६ सांसदले सर्वोच्चमा दर्ता गराएको रिट « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

यस्तो छ १४६ सांसदले सर्वोच्चमा दर्ता गराएको रिट


११ जेष्ठ २०७८, मंगलबार


High Court_Sarbocha adalat

काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापना र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सोमबार विपक्षी गठबन्धनका १४६ सांसदले सर्वोच्चमा रिट दायर गरेका छन् । आइतबार नै रिट दायर गर्ने तयारीमा रहेका विपक्षी पाँच दलका १४६ सांसदहरूले सोमबार दिउँसो परमादेश माग्दै सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

नेपाली काँग्रेस सभापति देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलसहित १४६ सांसदले रिट दर्ता गराएका हुन्। रिट दर्ता गर्न १३९ सांसद सर्वोच्च पुगेका थिए भने सात जना सांसदले वारेस पठाएका थिए।

सर्वोच्चमा हालसम्म २८ वटा रिट दर्ता भएका छन् । जसमध्ये २४ वटा संसद विघटनविरुद्ध छन् भने ४ वटा केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउन माग गर्दै दर्ता भएका छन् ।

२४ वटा रिट मध्ये ९ रिट संवैधानिक इजलासका लागि र ११५ रिट साधारण इजलासका लागि दर्ता भएका छन् ।

विपक्षी गठबन्धनले दर्ता गराएको रिटमा दुई विषयमाथि परमादेश माग गरिएको छ । एउटा प्रतिनिधिसभा पुनर्स्थापना र अर्को नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न परमादेश माग गरिएको छ ।

२२ पृष्ठ लामो रिटमा राष्ट्रपतिले गरेको प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचनको निर्णय तत्काल कार्यान्वयन नगर्न नगराउन आदेश माग गरिएको छ । त्यसै गरी संविधानको धारा ७६(५) बमोजिम शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न र संविधानको व्यवस्था अनुसार विश्वासको मत लिने प्रबन्ध मिलाउनका लागि अन्तरिम आदेश माग गरिएको छ ।

त्यसैगरी जेठ १५ मा बजेट ल्याउनुपर्ने भएकाले तत्काल प्रतिनिधिसभा अधिवेशन बोलाउन माग गरिएको छ । अध्यादेशबाट बजेट नल्याउनसमेत अन्तरिम आदेश माग गरिएको छ ।

राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, निर्वाचन आयोग र प्रतिनिधि सभाका सभामुखलाई रिटमा विपक्षी बनाइएको छ।

यस्तो छ निवेदन :  

 

 

 

 

Tags :
प्रतिक्रिया दिनुहोस