आगामी चार सातामा संक्रमण क्रमशः घट्छ: स्वास्थ्यमन्त्री त्रिपाठी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

आगामी चार सातामा संक्रमण क्रमशः घट्छ: स्वास्थ्यमन्त्री त्रिपाठी


१० जेष्ठ २०७८, सोमबार


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले आगामी चार सातामा कोरोना भाइरस संक्रमितको संख्यामा क्रमस्  घट्ने बताएका छन् ।

सोमबार पत्रकार सम्मेलन गरी मन्त्री त्रिपाठीले व्यक्तिहरुको आवतजावतमा प्रभावकारी नियन्त्रणमा नआएको र केही सेवा सुचारु रहेकाले संक्रमण दर अपेक्षाकृत रुपमा नियन्त्रणमा आउन नसकेको पनि बताए । उनले अपेक्षा अनुसार संक्रमणमा नियन्त्रण नदेखिए पनि आगामी चार सातामा संक्रमण दर घट्दै जाने बताए । उनले अघि भने, ‘संक्रमण आगामी चार सातामा क्रमशः घट्दै जानसक्ने देखिन्छ ।’

पछिल्लो एक साताको तथ्यांक हेर्दा औसतमा दैनिक २० हजार नमुना परीक्षण गर्दा ८ हजार ३०० जनामा संक्रमण पुष्टि हुने गरेको छ । उनले कोरोना भाइरस संक्रमितको उपचारका लागि नेपाल सरकार र स्वास्थ्य मन्त्रालयले निजि र सरकारी गरी १५७ अस्पताल सुचिकृत गरि संचालनमा ल्याइएको र त्यसमा निजि ४५ अस्पतालसँग सम्झौता गरी निशुल्क कोरोना उपचारका लागि संचालनमा ल्याइएको जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस