चट्याङ्गसहित वर्षाको सम्भावना « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

चट्याङ्गसहित वर्षाको सम्भावना


९ जेष्ठ २०७८, आइतबार


काठमाडौँ । आज पनि काठमाडौँ उपत्यकासहित देशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने र तराइका भू–भागमा आंशिक बदली रहने तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आज राति पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र तराईका भू–भागमा आंशिक बदली रहने छ ।

प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । काठमाडौँमा अपरान्ह्पछि बदलीको सम्भावना रहेको पूर्वानुमान छ ।

Tags :
प्रतिक्रिया दिनुहोस