२४ घण्टामा थप ८९८० जनामा कोरोना पुष्टि, ८८४८ जना संक्रमणमुक्त « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

२४ घण्टामा थप ८९८० जनामा कोरोना पुष्टि, ८८४८ जना संक्रमणमुक्त


८ जेष्ठ २०७८, शनिबार


काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप ८ हजार ९८० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ५ लाख १० हजार ८६ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार सोही समयमा ८ हजार ८४८ सङ्क्रमित निको भएका छन् । एकै दिन सङ्क्रमणमुक्त भएका सङ्क्रमितको सङ्ख्या अहिलेसम्मकै उच्च हो । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ३ लाख ८३ हजार ६८४ पुगेको छ ।

नेपालमा कोरोना भाइरसबाट बितेको २४ घण्टामा थप १२९ जनाले ज्यान गुमाएका छन् । हालसम्म कोरोनाबाट ६१५३ जनाको मृत्यु भएको छ ।

अहिले १ लाख १५ हजार ८०६ जना सङ्क्रमित आइसोलेसनमा छन् ।

प्रतिक्रिया दिनुहोस