अमेरिकाले पठाएको आपत्कालीन स्वास्थ्य सामाग्री काठमाडौँ आई पुग्यो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अमेरिकाले पठाएको आपत्कालीन स्वास्थ्य सामाग्री काठमाडौँ आई पुग्यो


८ जेष्ठ २०७८, शनिबार


काठमाडौँ । अमेरिकाले पठाएको आपत्कालीन स्वास्थ्य सामाग्री काठमाडौँ आइपुगेको छ। अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग(यूएसएड)ले नेपालका लागि आपत्कालीन स्वास्थ्य सामाग्री पठाएको हो।

काठमाडौँस्थित अमेरिकी दूतावासले ट्विटमार्फत अमेरिकी सहयोगको पहिलो खेप काठमाडौँ आइपुगेको र आउने क्रम जारी रहेको जनाएको छ। स्वास्थ्यकर्मीका लागि अत्यावश्यक सर्किजल मास्क, फेसशिल्ड तथा पन्जा लगायतका सामाग्री विमानले ल्याएको छ भने महामारी विरुद्धको लडाइँमा अमेरिकी सहयोगले सहयोग गर्ने पनि अमेरिकाले जनाएको छ।

बिहीबार यूएसएडले नेपाललाई कोरोना भाइरस(कोभिड-१९) को महामारीसँग जुध्न आपत्कालीन सहयोगको घोषणा गरेको थियो।

पछिल्लो तीन सातामा यूएसएडले नेपाललाई कोरोना भाइरसको परीक्षण, रोकथाम तथा उपचारका लागि १५ मिलियन डलर(करिब १ अर्ब ७५ करोड रुपैयाँ) बराबरको सहयोग घोषणा गरेको छ। महामारीसँग जुध्नका लागि यूएसएआईडीले बितेका १५ महिनामा ५० मिलियन डलर(करिब ५ अर्ब ८५ करोड रुपैयाँ) बराबरको सहयोग गरेको जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस