माओवादी केन्द्रले बोलायो स्थायी समिति बैठक « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

माओवादी केन्द्रले बोलायो स्थायी समिति बैठक


८ जेष्ठ २०७८, शनिबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएको छ । आज दिउँसो ३ बजे बैठक बोलाएको स्थायी समितिका एक सदस्यले जानकारी दिए ।

पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्नका लागि बैठक आह्वान गरिएको ती नेताले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमत सदस्यले नयाँ सरकारका लागि आधार पेस गर्दागर्दै संविधान विपरीत संसद् विघटन गरेपछि विपक्षी गठबन्धन आक्रोशित बनेको छ ।

आज बसेको विपक्षी गठबन्धनको बैठकले आइतवार १४९ सांसदको हस्ताक्षरसहित अदालत जाने निर्णयसमेत गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस