स्वीट्जरल्याण्डले नेपाललाई दियो ९४ करोड बराबरको स्वास्थ्य सामग्री « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

स्वीट्जरल्याण्डले नेपाललाई दियो ९४ करोड बराबरको स्वास्थ्य सामग्री


८ जेष्ठ २०७८, शनिबार


काठमाडौँ । स्वीट्जरल्याण्डले नेपाललाई कोरोना महामारीसँग लड्न ९४ करोड बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ । स्वीट्जरल्याण्डबाट सहयोगस्वरुप प्राप्त भएको स्वास्थ्य सामग्री कार्गो विमानमार्फत आज बिहानै काठमाडौँ आइपुगेको हो ।

उक्त सामग्री स्वीस राजदूत एलिजावेथ भोन क्यापेलरले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरेकी हुन् । नेपालले गरेको आग्रहमा स्वीट्जरल्याण्डले कूल तीस टन तौल, अमेरिकी डलर ८० लाख (नेपाली रुपैँया झण्डै ९४ करोड) बराबरको स्वास्थ्य सामग्रीमा ४० भेण्टिलेटर, अक्सीजन कन्सन्ट्रेटर, ११ लाख यापिड एण्टिजेन टेष्ट साथै १ लाख १० हजार केएन ९० मास्क, ५० हजार पञ्जा र १५ हजार पीपीई सहयोग गरेको हो।

स्वीट्जरल्यान्डले यसअघि पनि नेपाललाई विभिन्न सहयोग गर्दै आएको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस