नयाँ सरकार गठनबारे छलफल गर्न माधव नेपाल पनि पुगे बुढानिलकण्ठ « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

नयाँ सरकार गठनबारे छलफल गर्न माधव नेपाल पनि पुगे बुढानिलकण्ठ


७ जेष्ठ २०७८, शुक्रबार


काठमाडौँ । नयाँ सरकार गठनका विकल्पबारे सबै पक्षसँग छलफल गर्ने कांग्रेस पदाधिकारी बैठकको निर्णय लगत्तै दलका नेताहरु कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठ पुगेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बुढानिलकण्ठ पुगेसँगै एमालेका बरिष्ठ नेता माधव कुमार नेपाल पनि छलफलका लागि पुगेका छन् ।

संविधानको धारा ७६ (५) अनुसार सरकार बनाउनका लागि बहुमत सिद्ध गर्न राष्ट्रपतिले दिएको समय आजै सकिदैछ । यस्तो सरकारको गठन र नेतृत्वका सम्भावनाबारे बैठकमा छलफल हुने एक कांग्रेस नेताले बताए । उनका अनुसार जसपा नेता उपेन्द्र यादव पनि देउवासँग छलफलका लागि बुढानिलकण्ठ पुग्दैछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस