राष्ट्रियसभा उपनिर्वाचनको मतदान सुरु « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

राष्ट्रियसभा उपनिर्वाचनको मतदान सुरु


६ जेष्ठ २०७८, बिहिबार


हेटौडा । राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान सुरु भएको छ । बिहान ९ बजेदेखि मतदानको समय निर्धारण गरिए पनि सवा नौ बजेबाट मात्रै मतदान सुरु भएको छ । आजै भर्चुअल माध्यमबाट नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ ।

मतदानस्थल हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माविमै मतगणना गरी सोको नतिजा भर्चुअल माध्यममार्फत सार्वजनिक गर्ने योजना बनाइएको आयोगले जनाएको छ ।

निर्वाचनमा नेकपा एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापा, विपक्षी गठबन्धनको तर्फबाट खिमलाल देवकोटा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का कृष्णबहादुर तामाङ चुनावी प्रतिस्पर्धामा छन् ।

उपनिर्वाचनमा बागमती प्रदेशसभा सदस्य एक सय १० तथा बागमती प्रदेशअन्तर्गतका पालिका प्रमुख र उपप्रमुखहरू गरी ३४८ मतदाता छन् । निर्वाचनमा प्रदेशसभा सदस्यको ४८ र पालिका प्रमुख र उपप्रमुखको मतभार १८ कायम गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस