जसपाले बोलायो केन्द्रीय कार्यकारिणीको बैठक « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

जसपाले बोलायो केन्द्रीय कार्यकारिणीको बैठक


४ जेष्ठ २०७८, मंगलबार


काठमाडौँ । जनता समाजवादी पार्टीले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच समझदारी भएपछि केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाइएको हो ।

ठाकुर र यादवले आज(मंगलबार) एक विज्ञप्ति जारी गर्दै जेठ ८ र ९ गते पार्टी कार्यालय बालकुमारीमा बस्ने गरी बैठक बोलाएका हुन् ।

‘देशको वर्तमान परिस्थितिमा विभिन्न विषयहरूमा विचार विमर्श गरी निष्कर्षमा पुग्नुपर्ने भएको हुँदाु’केन्द्रीय कार्ययकारिणी बैठक बोलाइएको विज्ञप्तिमा लेखिएको छ ।

जसपाका दुई अध्यक्ष ठाकुर र यादवले आज (मंगलबार) संयुक्त वक्तव्य जारी गर्दै तत्काल जसपा सरकारमा नजाने तर आफ्नै नेतृत्वमा सरकार बन्ने अवस्था आएमा वा राष्ट्रिय सहमतिको सरकार बन्ने अवस्थामा भने सहभागी हुने पनि बताएका छन् ।

सम्बन्धित समाचार : आफ्नै नेतृत्वमा सरकार बन्ने अवसर आए नछाड्ने: महन्थ–उपेन्द्र

Tags :
प्रतिक्रिया दिनुहोस