निषेधाज्ञा उल्लङ्घन गरी मदिरा पसल सञ्चालन गर्ने पक्राउ « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

निषेधाज्ञा उल्लङ्घन गरी मदिरा पसल सञ्चालन गर्ने पक्राउ


३ जेष्ठ २०७८, सोमबार


सप्तरी । निषेधाज्ञाको उल्लङ्घन गरी मदिरा पसल सञ्चालन गर्ने ६ मदिरा पसलेलाई आज प्रहरीले पक्राउ गरेको छ ।

राजविराज नगरपालिका तथा विष्णुपुर र छिन्नमस्ता गाउँपालिकामा मदिरा पसल सञ्चालन गर्ने मदिरा पसल सञ्चालकलाई पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ । उनीहरुलाई संक्रमण ऐनअन्तर्गत कारवाही प्रक्रिया थालिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए।

निषेधाज्ञा उल्लङ्घन गरी सवारी साधन चलाउने, मास्क नलगाई हिँड्ने, अनधिकृत रुपमा भींडभाड गर्ने, मदिरा पसल खोल्ने जस्ता निषेधित क्रियाकलाप गर्ने दुई हजार ६४८ जनालाई हालसम्म पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई जनही रु एक सयका दरले जरिवाना गरिएको छ ।

जन्मकैदका अभियुक्त पक्राउ
जन्मकैद सजाय पाएका एक अभियुक्तलाई आज सप्तरी प्रहरीले पक्राउ गरेको छ । अग्निसाइर कृष्णसवरण गाउँपालिका–४ प्रसबनीका कारी सदा मुसहरलाई प्रहरीले गाउँघरबाटै आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

सोही ठाउँका जोगेन्द्र मण्डलको हत्या गरेका आरोपमा अदालतबाट जन्मकैद सजाय पाएका मुसहर फरार थिए । मुसहरसमेत भएर २०५१ फागुन २० गते मण्डलको हत्या गरेको भन्दै मृतकका परिवारका सदस्य देवनारायण मण्डलले उजूरी दिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस