अक्सिजन, आईसीयू बेड र खोप लगायत औषिधको व्यवस्था गर्न देउवाको सरकारसँग माग « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अक्सिजन, आईसीयू बेड र खोप लगायत औषिधको व्यवस्था गर्न देउवाको सरकारसँग माग


३१ बैशाख २०७८, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना संक्रमणले उग्ररुप लिँदा पनि सरकार गम्भीर र जिम्मेवार बन्न नसकेको आरोप लगाएका छन् ।

देशभरका अस्पतालहरुमा कोरोना संक्रमितका लागि अत्यावश्यक अक्सिजन, भेन्टिलेटरसहित आईसीयू बेड र औषधिको अभावले ठूलो संख्यामा मानिसहरुको मृत्यु भइरहेको भन्दै उनले भविष्यमा आउन सक्ने जटिल परिस्थितिलाई मध्यनजर गरी अक्सिजन, आईसीयू बेड, खोप लगायत औषिधको व्यवस्था गर्न माग गरेका छन् ।

देउवाले तत्काल अक्सिजन प्लान्ट र पीसीआर परीक्षण प्रयोगशाला स्थापना गरी जनताको उपचारमा गम्भीर बन्न समेत सरकारलाई आग्रह गरेका छन् । देउवाले आज एक प्रेस विज्ञप्ति जारी गर्दै यस विषम घडीमा मित्रराष्ट्र र अन्तर्राष्ट्रिय संघ, संस्थाहरुलाई आवश्यक सहयोग गरी दिन अपील समेत गरेका छन् ।

यस विषम घडीमा सबै दिदीबहिनी, दाजुभाइमा स्वास्थ्यका मापदण्ड अपनाउन, आफू र आफ्नो परिवारलाई सुरक्षित राख्न र देशभरका आफ्ना पार्टीका नेता तथा शुभेच्छुकहरुलाई स्वास्थ सुरक्षाका मापदण्ड अपनाउँदै संकटमा परेकालाई सक्दो सहयोग गर्नसमेत देउवाले आग्रह गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस