केपी ओली प्रधानमन्त्री नियुक्त « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

केपी ओली प्रधानमन्त्री नियुक्त


३० बैशाख २०७८, बिहिबार


काठमाडौँ । नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(३)अनुसार संसद्को सबभन्दा ठुलो दलको संसदीय दलको नेता ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

प्रधानमन्त्री ओलीले २७ वैशाखमा संसद्को विश्वास पाउन नसकेपछि राष्ट्रपतिले तीन दिनभित्र संविधानको धारा ७६(२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि आह्वान गरेकी थिइन् ।

वैकल्पिक सरकार गठनको प्रयासमा जुटेका नेपाली काँग्रेस र माओवादी केन्द्र बहुमत जुटाउन असफल हुनुका साथै जनता समाजवादी पार्टी(जसपा)को महन्थ ठाकुर–राजेन्द्र महतो पक्षले नयाँ सरकार गठनका लागि साथ दिएन भने एमालेको माधवकुमार नेपाल समूहका सांसदहरूले वैकल्पिक सरकार गठनका लागि बहुमत पुग्ने गरी राजीनामा दिएन ।

बहुमत नपुग्ने भएपछि काँग्रेस-माओवादी गठबन्धनले सरकारका लागि दाबी नै गरेन ।

त्यसपछि राष्ट्रपतिले ७६(३) अनुसार संसद्को सबभन्दा ठुलो दललाई सरकार गठन गरेकी हुन् । प्रधानमन्त्री ओलीले अब ३० दिनभित्र विश्वासको मत दिनुपर्छ, नभए धारा ७६(५) अनुसार सरकार गठनको प्रयास हुनेछ ।

र, त्यो पनि असफल भए मुलुक मध्यावधि चुनावतिर जानेछ ।

ओली ०७२ असोज २४ पहिलोपटक, ०७४ फागुन ३ दोस्रोपटक र ०७८ वैशाख ३० तेस्रोपटक प्रधानममन्त्री भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस