एमालेको विवाद समाधान गर्न कार्यदल बनाउने सहमति « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

एमालेको विवाद समाधान गर्न कार्यदल बनाउने सहमति


प्रशासन संवाददाता

३० बैशाख २०७८, बिहिबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबिच पार्टीभित्रको विवाद हल गर्न कार्यदल बनाउने सहमति भएको छ । बिहीबार दिउँसो दुई बजेदेखि चार घण्टा भएको छलफलमा ओली र नेपाल विवाद समाधानका लागि कार्यदल बनाउने सहमति जुटाएका हुन् ।

नेता नेपालले आफूले राखेको ६ बुँदे प्रस्तावबाट पछि नहट्ने अडान लिएसँगै ओली त्यो सर्तमा सकारात्मक भएको नेता नेपालले दाबी गरेका छन् । नेपाल समूहले राखेको सर्त र अध्यक्ष ओलीले लिँदै आएको अडानबिच सहमति जुटाउने जिम्मा भने कार्यदललाई दिइने भएको छ ।

काठमाडौँको चपलीस्थित व्यवसायी रामेश्वर थापाको घरमा ओली र नेपालबिच भएको वार्ता पछि नेपाल समूहको सामूहिक राजीनामा तत्काललाई टरेको छ ।

बिहीबार बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकले नेता नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई गरेको कारबाही फिर्ता लिने निर्णय गर्दै पार्टी विवादका विषयमा थप निर्णयको अधिकारसमेत अध्यक्ष ओलीलाई दिएको थियो ।

त्यस्तै बिहीबार बिहान बसेको नेपाल समूहको बैठकले २ जेठ २०७५ को अवस्थामा पार्टी लैजाने अडानबाट पछि नहट्ने निष्कर्षसहित वार्तामा जाने निर्णय गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस