थपियो मकवानपुरमा जेठ १३ सम्म निषेधाज्ञा « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

थपियो मकवानपुरमा जेठ १३ सम्म निषेधाज्ञा


प्रशासन संवाददाता

३० बैशाख २०७८, बिहिबार


मकवानपुर । जिल्लामा आगामी जेठ १३ गनेसम्म निषेधाज्ञा गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी भरतमणि अधिकारीको अध्यक्षतामा आज बसेको बैठकले कोरोना सङ्क्रमणदर वृद्धि हुँदै गएपछि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

यस अघि जिल्लामा यही वैशाख १९ देखि ३१ गतेसम्म निषेधाज्ञा जारी भएको थियो । उनले  कोरोना सङ्क्रमण दर तथा मृत्यु समेत वृद्धि भइरहेकाले सङ्क्रमण थप फैलिन नदिन र नागरिकलाई सुरक्षित राख्न निषेधाज्ञाको अवधि लम्ब्याएको जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस