प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ता हुँदै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ता हुँदै


३० बैशाख २०७८, बिहिबार


काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बीच आज भेटवार्ता हुने तयारी छ । अध्यक्ष ओलीले भेटवार्ताका लागि प्रस्ताव राखेपछि नेता नेपाल सहमत भएको एक नेताले जानकारी दिए ।

आजै बिहान नेता विष्णुप्रसाद पौडेलले नेता नेपालसँग भेटवार्ता गरेका थिए । भेटका क्रममा पौडेलले सांसद पदबाट राजीनामा दिँदा सरकार र पार्टी दुवै नजोगिने भएकाले छलफलमा बस्न प्रस्ताव राखेका थिए ।

तर नेपालले भने आफ्नो शर्त प्रस्ट भएको जवाफ दिएका थिए । नेता नेपालसँगको भेटपछि बालुवाटारमा ओलीले स्थायी कमिटी बैठक राखेका थिए ।

बैठकले नेता नेपाल, भीम रावल, घनश्याम भुसल र सुरेन्द्र पाण्डेमाथिको कारबाही फिर्ता लिने निर्णय गरेको छ । कारबाही फिर्ताको निर्णयपछि पार्टी भित्रको वातावरण सकारात्मक बनेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस