विद्यालयलगायत भीडभाड हुने क्षेत्र बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

विद्यालयलगायत भीडभाड हुने क्षेत्र बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस


प्रशासन संवाददाता

२७ चैत्र २०७७, शुक्रबार


काटमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को संक्रमण बढ्न सक्ने देखिएकाले विद्यालयलगायत भीडभाड हुने क्षेत्र बन्द गर्न सिफारिस गरेको छ।

केही महिनादेखि विद्यार्थी भौतिक रूपमा उपस्थित भएर विद्यालय र क्याम्पसमा पठनपाठन गर्दै आएका छन् । दोस्रो लहरको कोभिडको महामारी आएको र यो थप फैलन सक्ने भएकाले सतर्कता अपनाउन लागिएको मन्त्रालयको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने,-‘अहिले विद्यालय बन्द गर्नुपर्छ। पठनपाठन गर्ने हो भने अनलाइनबाट गर्नुपर्छ । स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्नुपर्छ।’

विद्यालयलगायत भीडभाड हुने अन्य क्षेत्र सिनेमा हल, रेन्टुरेन्ट, पार्टी प्यालेस बन्द गर्न मन्त्रालयले सिफारिस गरेको गौतमले जानकारी दिएका छन् । ‘विद्यालयलगायत बन्द गर्न सिसिएमसीमा सिफारिस गरेका हौं । बुधबार नै निर्णय गरेर सिसिएमसीमा पठाइएको छ’ उनले भने ।

पछिल्लो समय नेपालमा कोरोनाको संक्रमण दिनानुदिन बढ्दै गएको छ। हिजो मात्र नेपालमा ३ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस