प्राविधिक कर्मचारीको सङ्ख्या कम हुँदा नेपालमा विकास बजेट खर्च हुन सकिरहेको छैन : मन्त्री त्रिपाठी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

प्राविधिक कर्मचारीको सङ्ख्या कम हुँदा नेपालमा विकास बजेट खर्च हुन सकिरहेको छैन : मन्त्री त्रिपाठी


२५ चैत्र २०७७, बुधबार


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले नेपालमा विकास बजेट खर्च नहुनुको प्रमुख कारण प्राविधिक कर्मचारीको सङ्ख्या कम हुनु रहेका बताएका छन् । मङ्गलवार संसद्को शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै उनले प्रशासन तर्फका कर्मचारी आवश्यकता भन्दा बढी रहेको र प्राविधिक कर्मचारीको सङ्ख्या न्यून रहेको बताए ।

‘विकासका लागि बजेट खर्च निकासा भइरहेको हुन्छ, तर खर्च भएको हुँदैन, उनले भने, मूल कारण हाम्रो निजामती कर्मचारी प्रशासनको बनावट नै दोषपूर्ण, त्रुटिपूर्ण छ ।’

पूर्व सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रीसमेत रहेका मन्त्री त्रिपाठीले नेपालको निजामती कर्मचारी प्रणाली दोषपूर्ण रहेको भन्दै प्रशासन समूहका निजामती कर्मचारी आवश्यकताभन्दा ७० प्रतिशत बढी रहेको दाबी गरे ।

‘हाम्रो निजामती कर्मचारी प्रणाली दोषपूर्ण छ । त्यसको बनावटै दोषपूर्ण छ, यसमा प्रशासन समूहका आवश्यकता भन्दा ७० प्रतिशत बढी छन् । र प्रावधिकहरुको सङ्ख्या अत्यन्त कम छ’ उनले भने ।

उनले सङ्घीय सरकारले गरेको कर्मचारी समायोजन पनि त्रुटिपूर्ण रहेको र उक्त त्रुटि सच्याउने काम पनि भइरहेको जानकारी दिएका छन् ।

 

 

Tags :
प्रतिक्रिया दिनुहोस