केही दिनअघि एमाले भएका उद्योगी प्रधान वायु सेवा निगम सञ्चालक सदस्यमा नियुक्त « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

केही दिनअघि एमाले भएका उद्योगी प्रधान वायु सेवा निगम सञ्चालक सदस्यमा नियुक्त


२४ चैत्र २०७७, मंगलबार


काठमाडौँ । नेपाल वायुसेवा निगमको सञ्चालक समिति सदस्यमा उद्योगी व्यवसायी किशोरकुमार प्रधान नियुक्त भएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानु भक्त ढकालले विराटनगर १० मोरङकाका प्रधानलाई नेपाल वायु सेवा निगमको सञ्चालकमा ४ वर्षका लागि नियुक्त गरेका हुन् ।

निगम ऐन २०१९ को परिच्छेद २ को दफा ४ को उपदफा १ बमोजिम प्रधानलाई नियुक्त गरेको मन्त्रालयले जनाएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालसँग पराजित भएका प्रधान केही दिनअघि प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा अन्य उद्योगी व्यवसायीसँगै एमालेमा प्रवेश गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस