पाकिस्तानी दूतावासले दियो ५५० विद्यार्थीलाई छात्रवृत्ति « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पाकिस्तानी दूतावासले दियो ५५० विद्यार्थीलाई छात्रवृत्ति


२३ चैत्र २०७७, सोमबार


आइनजीओलाइ देश छाड्न सरकारको आदेश

काठमाडौँ । नेपालस्थित पाकिस्तानी दूतावासले देशभरका ५५० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । नवौं ‘एम्बासडर अफ पाकिस्तान’ छात्रवृत्ति हस्तान्तरण कार्यक्रममा नेपालका प्रथम गभर्नर हिमालय शमशेर राणाले उक्त छात्रवृत्ति हस्तान्तरण गरेका हुन् ।

देशभरका योग्य र प्रतिभावान विद्यार्थीहरूलाई जनही १० हजार रुपैयाँ छात्रवृत्ति दिइएको हो । उक्त कार्यक्रममा बोल्दै राणाले पाकिस्तानी दूतावासले दुई देशको व्यक्तिगत तहमा सम्बन्ध स्थापित गर्ने कार्यलाई प्रशंशा गर्नुपर्ने बताए । नेपाल र पाकिस्तानबीच मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको चर्चा गर्दै राणाले दुई देशका नागरिकहरूबीच व्यक्तिगत तहमा हुने यस्ता सम्बन्ध विस्तारले गति लिदैं सम्बन्ध नयाँ उचाइमा पुग्ने बताए ।

कार्यक्रममा पाकिस्तानी राजदूत सेयद हैदरले छात्रवृत्ति कार्यक्रम भविष्यमा अझै विस्तार गर्न चाहेको बताए । ‘एम्बासडर अफ पाकिस्तान’ छात्रवृत्ति कार्यक्रम सन् २०१३ देखि शुरु भएको हो र हरेक वर्ष यस कार्यक्रममा सहभागी हुनेहरूको संख्या बढ्दै गइरहेको छ र द्विपक्षीय मित्रताको संकेतका रूपमा नेपाली युवामाझ लोकप्रिय रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस