कोरोना संक्रमण जेठ–असारमा उच्च विन्दुमा पुग्नसक्छ: स्वास्थ्यमन्त्री त्रिपाठी « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

कोरोना संक्रमण जेठ–असारमा उच्च विन्दुमा पुग्नसक्छ: स्वास्थ्यमन्त्री त्रिपाठी


प्रशासन संवाददाता

२३ चैत्र २०७७, सोमबार


काठमाडौं । सरकारले आगामी जेठ–असारमा कोरोना भाइरसको संक्रमण फेरि उच्च विन्दुमा पुग्नसक्ने बताएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले पछिल्ला दिनहरुमा फेरि संक्रमण बढ्न थालेको जानकारी दिए । आइतबार संसद बैठकलाई सम्बोधन गर्दै त्रिपाठीले भने, ‘अबका दिनमा जनस्वास्थ्यका मापदण्ड पालनालाई प्रभावकारी बनाउन सकिएन भने संक्रमण बढ्दै जेठ असारमा अर्को उच्च विन्दुमा पुग्नसक्छ ।’

यसअघि कात्तिक महिनामा संक्रमण उच्च थियो । कात्तिक ५ गते एकैदिन ५७४३ नयाँ संक्रमित भेटिएका थिए भने १० गते पोजेटिभिटी रेसियो पैतिस प्रतिशतमा पुगेको थियो ।भारतमा बढ्दो संक्रमणले नेपाललाई थप सचेत बनाएको समेत मन्त्री त्रिपाठीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस