बम विस्फोटमा परी एक सैनिकको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बम विस्फोटमा परी एक सैनिकको मृत्यु


प्रशासन संवाददाता

२३ चैत्र २०७७, सोमबार


काबुल । अफगानिस्तानको राजधानी काबुलको बाहिरी इलाकामा रहेको एक स्थानमा भएको बम विस्फोटमा परी एक सैनिकको मृत्यु भएको छ ।

सडककिनारमा राखिएको विस्फोटक पदार्थ विस्फोटन हुदाँ एक सैनिकको मृत्यु हुनुको साथै अन्य चार सैनिक घाइते भएका प्रहरी स्रोतले पुष्टि गरेको छ ।

यस विस्फोटमा कुनै समूहको हात रहेको हो सो भने प्रष्ट भएको छैन् । अफगानिस्तानमा सडक किनारमा बम विस्फोट गराउने यसअघि प्रायः तालिबान लडाकू समूहले गराउँदै आएका छन् । यस पटक पनि सोही समूहको हात रहेको आशङ्का प्रहरीको रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस