बारामा पाँच घरमा आगलागी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बारामा पाँच घरमा आगलागी


प्रशासन संवाददाता

२२ चैत्र २०७७, आइतबार


वीरगन्ज । बाराको पचरौता नगरपालिकामा आइतबार (आज) अपराह्न एकैपटक पाँच घरमा आगलागी हुँदा झण्डै ७ लाख रुपैयाँ बराबरको सम्पत्ति जलेर नष्ट भएको छ।

पचरौता नगरपालिका–१ पिपरपातीमा बस्ने जयनारायण यादवको घरबाट सल्केको आगोले नजिकै रहेका शम्भु यादव, नागेन्द्र यादव, मिश्री यादव र लक्ष्मण यादवको घरमा पनि क्षति भएको छ।

आगलागीबाट घर, लत्ता कपडा, अन्नपात लगायत नष्ट भएको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए । दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको मिश्रले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस