प्रस्तावित न्यायाधीश चुँडाल र सुवेदीको वैशाख ३ गते संसदीय सुनुवाइ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रस्तावित न्यायाधीश चुँडाल र सुवेदीको वैशाख ३ गते संसदीय सुनुवाइ


प्रशासन संवाददाता

२२ चैत्र २०७७, आइतबार


सर्वोच्च अदालत

काठमाडौँ । सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीशद्वयको संसदीय सुनुवाइ आगामी वैशाख ३ गते हुने भएको छ ।सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले प्रस्तावित न्यायाधीशद्वय कुमार चुँडाल र नहकुल सुवेदीलाई सुनुवाइका लागि वैशाख ३ गते बोलाउने निर्णय गरेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए।

समितिको आइतबारको बैठकले उनीहरुविरुद्ध परेको उजुरी सम्बन्धमा उजुरीकर्तालाई बोलाएर जानकारी माग गरेको हो । प्रस्तावित न्यायाधीश चुँडालविरुद्ध दुई र सुवेदीका विरुद्ध पाँच उजुरी परेका थिए । चुँडालविरुद्धको उजुरीकर्तालाई समितिले बोलाएकामा उपस्थितिका लागि असमर्थता जनाएको सभापति कर्णले बताए।

प्रस्तावित न्यायाधीश सुवेदीविरुद्धका पाँचमध्ये चारजना उजुरीकर्ता समितिमा उपस्थिति भई आआफ्ना कुराबारे बैठकलाई ध्यानाकर्षण गराए । बैठकमा उजुरीकर्ताले उठाएका कतिपय योग्यतालगायतका प्रश्नका विषयमा बैठकमा पर्याप्त छलफल भएको पनि सभापति कर्णले जानकारी दिए।

Tags :
प्रतिक्रिया दिनुहोस