आगलागी हुँदा ५० भन्दा बढी घरमा क्षति « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

आगलागी हुँदा ५० भन्दा बढी घरमा क्षति


प्रशासन संवाददाता

२१ चैत्र २०७७, शनिबार


नेपालगन्ज । बाँकेको नरैनापुरमा आगलागी भएको छ।

नरैनापुर गाउँपालिका–४, खोदवा गाउँमा आगलागी हुँदा ५० भन्दा बढी घर जलेका छन्। गाउँका आधाभन्दा बढी घरमा क्षति पुगेको स्थानीयवासीले बताए ।

आगो अझै पूर्णरुपमा नियन्त्रणमा आइसकेको छैन। आगलागी हुनेबित्तिकै नरैनापुरको एउटा र नेपालगन्जका दुई वटा दमकल त्यहाँ पुगेका थिए।

आगोमा जलेर केही मानिस घाइतेसमेत भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए । बाँकेको नरैनापुर नेपालगन्जदेखि ४० किमि पूर्वमा पर्छ।

Tags :
प्रतिक्रिया दिनुहोस