कीर्तिपुरमा पौडी खेल्दा डुबेर २ बालकको मृत्यु « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

कीर्तिपुरमा पौडी खेल्दा डुबेर २ बालकको मृत्यु


प्रशासन संवाददाता

२० चैत्र २०७७, शुक्रबार


काठमाडौं । काठमाडौंको कीर्तिपुरमा पौडी खेल्दा डुबेर दुई बालकको मृत्यु भएको छ । कीर्तिपुर नगरपालिका–६ टौदहस्थित पोखरीमा बिहिबार चारजनासँगै पौडी खेल्न गएका मध्ये दुईजना पोखरीबाट निस्कने क्रममा चिप्लेर डुबेका हुन् ।

डुबेर ज्यान गुमाउनेमा ८ बर्षीय कृष मगर र ११ बर्षीय प्रशान्त सुनुवार रहेका छन् । उनीहरुको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) प्रमेश विष्टले जानकारी दिए ।

बालकहरु सिंचाईका लागि बनाएको पोखरीमा डुबेका हुन् । नेपाल प्रहरीको बिपद् ब्यवस्थापनको उद्दार टोली र वृत कीर्तिपुरबाट खटिएका उद्दारकर्ताले करिब १५ फिट गहिरो पोखरीबाट शव निकालेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस