सर्वोच्चको न्यायाधीशमा सिफारिस सुवेदीको योग्यता विवादमा सुनुवाइ हुँदै « प्रशासन
prasaLogo
१८ चैत्र २०७७, बुधबार

सर्वोच्चको न्यायाधीशमा सिफारिस सुवेदीको योग्यता विवादमा सुनुवाइ हुँदै


प्रकाशित मिति : 31 March, 2021 1:15 pm

High Court_Sarbocha adalat

काठमाडौँ। न्यायाधीश सिफारिस उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश नहकुल सुवेदीको योग्यता विवादमा आज सुनुवाइ हुँदै छ । न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा सुवेदीको सुनुवाइ तोकिएको हो ।

सुवेदीलाई २८ फागुनमा बसेको न्यायपरिषदको बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश कुमार चुडालसँगै सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको थियो ।

तर, सर्वोच्च अदालतको न्यायाधीशका लागि सुवेदीको योग्यता नपुगेको भन्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले न्यायपरिषदविरुद्ध चैत १३ गते रिट दिएका थिए ।

नेपालको संविधान २०७२ को धारा १२९ (५) मा सर्वोच्च अदालतको न्यायाधीशका लागि ४ वटा योग्यता तोकिएको छ ।

१) कानुनमा स्नातक उपाधि प्राप्त गरी उच्च अदालतको मुख्य न्यायाधीश वा न्यायाधीश पदमा कम्तीमा पाँच वर्ष काम गरेको ।

२) कानुनमा स्नातक उपाधि प्राप्त गरी वरिष्ठ अधिवक्ता वा अधिवक्ताको हैसियतमा कम्पनीमा १५ वर्ष निरन्तर वकालत गरेको ।

३) कम्तीमा पन्ध्र वर्षसम्म न्याय वा कानुनको क्षेत्रमा निरन्तर काम गरी विशिष्ट कानुनविद्को रूपमा ख्याति प्राप्त गरेको ।

४) न्याय सेवाको राजपत्राङ्कित प्रथम श्रेणी वा सो भन्दा माथिल्लो पदमा कम्तीमा बाह्र वर्ष कम गरेको ।

सुवेदीले उच्च न्यायाधीशको रूपमा ३ वर्ष तीन महिना ३ दिन मात्रै काम गरेको र राजपत्राङ्कित प्रथम श्रेणीको पदमा जम्मा ९ वर्ष १० महिना १५ दिन काम गरेको रिटमा भनिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस