हिमालयन बैङ्कको ‘एचबीएल डलर’ प्रिपेड कार्ड सञ्चालनमा « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

हिमालयन बैङ्कको ‘एचबीएल डलर’ प्रिपेड कार्ड सञ्चालनमा


१७ चैत्र २०७७, मंगलबार


काठमाडौँ । हिमालयन बैङ्क लिमिटेडले अन्तर्राष्ट्रिय भुक्तानी प्रयोजनका लागि ‘एचबीएल डलर’ प्रिपेड कार्ड सुविधा प्रचलनमा ल्याएको छ।

यस सुविधा अन्तर्गत हिमालयन बैङ्कका खातावालाहरूले प्रतिवर्ष अमेरिकी डलर पाँच सयसम्मको प्रिपेड कार्ड सुविधा प्राप्त गर्न सक्दछन्।

यस कार्ड सुविधाबाट खातावालाहरूले भारत बाहेक अन्य देशहरूको ई-कमर्स साइटहरूबाट वर्षमा एक पटक वा पटक–पटक गरी अमेरिकी डलर पाँच सय बराबर सम्मको वस्तु तथा सेवा खरिद गरी अनलाइन भुक्तानी गर्न सक्नेछन्।

इच्छुक ग्राहकहरूले यस सेवाका लागि आफू नजिकैको शाखा वा मुख्य कार्यालय कमलादीमा रहेको कार्ड विभागमा सम्पर्क गर्न सक्नेछन्।

Tags :
प्रतिक्रिया दिनुहोस