चीनद्वारा ८ लाख डोज कोरोना खोप प्रधानमन्त्री ओलीलाई हस्तान्तरण « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

चीनद्वारा ८ लाख डोज कोरोना खोप प्रधानमन्त्री ओलीलाई हस्तान्तरण


१६ चैत्र २०७७, सोमबार


काठमाडौँ । चीनले कोरोना भाइरस विरुद्धको खोपको ८ लाख डोज प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार आयोजित कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीले नेपाललाई उपलब्ध गराएको खोपसम्बन्धि दस्ताबेज प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरेकी हुन् ।

चीनले सहयोगस्वरुप दिएको ८ लाख डोज कोरोना खोप सोमबार मात्रै काठमाडौं आइपुगेको थियो ।

कोरोना खोप हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल र चीनबीचको मैत्री सम्बन्ध खोपको सहयोगले थप मजबुद बनाएको बताएका छन् ।

ओलीले भारत र चीन दुवै छिमेकी मुलुकबाट नेपाललाई खोपको सहयोग भएको बताएका थिए । त्यस्तै, थप कोरोना खोप खरिदका लागि सरकारले तयारी अगाडि बढाएको पनि जानकारी दिएका छन् ।

खोप हस्तान्तरण कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीले राष्ट्रपति सी चिनफिङको ‘भ्याक्सिनलाई विश्वव्यापी सार्वजनिक सम्पत्ति बनाउने प्रतिबद्धताुको कार्यान्वयन भएको बताएकी थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस