काँग्रेस पूर्वसांसद लक्ष्मीदेवी भण्डारीको निधन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

काँग्रेस पूर्वसांसद लक्ष्मीदेवी भण्डारीको निधन


१६ चैत्र २०७७, सोमबार


काठमाडौँ । नेपाली कांग्रेसकी नेता तथा पूर्वसांसद लक्ष्मीदेवी भण्डारीको निधन भएको छ। तत्कालीन संविधानसभा सदस्य भण्डारीको ७१ वर्षको उमेरमा ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा सोमबार निधन भएको हो।

उनी धनुषाको जनकपुर उपमहानगरकी बासिन्दा हुन्। भण्डारी २०७० को संविधान सभा निर्वाचनमा कांग्रेसबाट समानुपातिकतर्फ सांसद थिइन्।

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले भण्डारीको निधन भएको विज्ञप्तिमार्फत जानकारी गराएका छन् । उनको निधनमा कांग्रेस सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन्।

भण्डारीले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा निर्वाह गरेको भूमिकाको स्मरण गर्दै देउवाले श्रद्धाञ्जली अर्पण गरेका छन्।

 

Tags :
प्रतिक्रिया दिनुहोस