कांग्रेसद्वारा शोक प्रस्ताव पारित, तीन दिन पार्टीको झन्डा आधा झुकाइने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कांग्रेसद्वारा शोक प्रस्ताव पारित, तीन दिन पार्टीको झन्डा आधा झुकाइने


प्रशासन संवाददाता

१४ चैत्र २०७७, शनिबार


काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका नेता नवीन्द्रराज जोशीको निधनमा दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको शनिबार बसेको आकस्मिक बैठकले शोक प्रस्ताव पारित गरेको हो ।

बैठकले यही चैत १५ देखि १७ गतेसम्म तीन दिन पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा पार्टीको झन्डा आधा झुकाउने निर्णण गरेको छ । उक्त दिनहरुमा शोकका कार्यक्रमबाहेक पार्टीका अरु औपचारिक कार्यक्रम नगर्ने निर्णयसमेत गरिएको छ ।

चैत १७ गते केन्द्र तथा सबै जिल्ला कार्यालयहरु बन्द गर्ने, निधनको १३औँ दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने तथा निधनको १३औँ दिनमा केन्द्र र सबै जिल्लामा भौतिक दूरी कायम गर्दै शोकसभा गर्ने निर्णय पनि गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

पूर्वमन्त्रीसमेत रहेका जोशीको उपचारका क्रममा शुक्रबार राति ८ः२४ बजे निधन भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस