कञ्चनपुरमा अनिश्चितकालीन निषेधाज्ञा जारी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कञ्चनपुरमा अनिश्चितकालीन निषेधाज्ञा जारी


१३ चैत्र २०७७, शुक्रबार


कञ्चनपुर। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज रातीदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या बढिरहेको र नेपालमा पनि त्यसको जोखिम बढ्ने भन्दै पश्चिमी सीमावर्ती जिल्ला कञ्चनपुरमा मंगलबार राति १२ बजेदेखि विभिन्न गतिविधिमा रोक लगाइएको हो ।

प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले ९ बुँदे आदेश जारी गर्दै आदेश विपरीत कार्य गरे सङ्क्रामक रोग ऐन,२०२० बमोजिम कारबाही गरिने जनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस