पछिल्लो २४ घण्टामा ५६ जनामा कोरोना संक्रमण पुष्टि , ७० जना संक्रमणमुक्त « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

पछिल्लो २४ घण्टामा ५६ जनामा कोरोना संक्रमण पुष्टि , ७० जना संक्रमणमुक्त


प्रशासन संवाददाता

१३ चैत्र २०७७, शुक्रबार


काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

शुक्रबार ४ हजार ४ सय १६ जनाको पीसीआर परीक्षण गर्दा थप ५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ६५ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ७० जना कोरोना संक्रमित कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७२ हजार ३ सय ४२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारणले थप ४ जनाको मुत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाका कारणले ज्यान गुमाउनेको संख्या ३ हजार २४ पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस