नेपाल इन्भेस्टमेन्ट बैङ्कको प्रिपेड इन्टरनेसनल कार्ड सुरु « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

नेपाल इन्भेस्टमेन्ट बैङ्कको प्रिपेड इन्टरनेसनल कार्ड सुरु


१३ चैत्र २०७७, शुक्रबार


काठमाडौँ । नेपाल इन्भेस्टमेन्ट बैङ्क लिमिटेड (एनआईबीएल) ले एनआईबीएलभी प्रिपेड इन्टरनेसनल कार्ड सुरु गरेको छ।

भर्चुअल कार्डमार्फत ग्राहकहरूले अमेरिकी डलरको एनपीआरमा परिवर्तन गर्न सक्छ। ग्राहकले झन्झटमुक्त ५ सय अमेरिकी डलर प्रतिवर्षको विश्वभर ई-कमर्स भुक्तान गर्न सक्छन्।

बैङ्कले ग्राहकका लागि ३५ दिन ३५ प्रतिशत छुटको प्रस्ताव पनि ल्याएको छ।

नेपाल इन्भेस्टमेन्ट बैङ्कले ८६ शाखा, १३० एटिएम, २० एक्सटेन्सन काउन्टर, १० राजस्व सङ्कलन काउन्टर र ५९ शाखारहित बैङ्किङ काउन्टरबाट आफ्ना ग्राहकलाई सेवा पुर्‍याइरहेको छ।

पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैङ्क अफ द इयर’ अवार्ड पाइसकेको यो बैङ्क अन्तर्राष्ट्रिय प्रकाशन-युरोनोमीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैङ्क २०१८’ युरोनोमी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ।

यसबाहेक, इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी-नेपाल) ले बैङ्कलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस