नेपाल ओलीले बोलाएको संसदीय दलको बैठकमा नजाने « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

नेपाल ओलीले बोलाएको संसदीय दलको बैठकमा नजाने


प्रशासन संवाददाता

१३ चैत्र २०७७, शुक्रबार


काठमाडौँ – प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले बोलाएको एमाले संसदीय दलको बैठकमा नेता माधवकुमार नेपाल सहभागी नहुने भएका छन्। तर, माधव नेपाल समूहमा रहेका अन्य सबै सांसदहरु भने बैठकमा सहभागी हुने भएका छन्।

पार्टीको बैठक प्रधानमन्त्रीको निवासमा राखिएको भन्दै नेता नेपालले सहभागी नहुने बताएका हुन्। उनले बालुवाटार बाहेकका स्थानमा बैठक राखिए आफू सहभागी हुने जानकारी दिए ।

ओलीले आज दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाएका छन् । बालुवाटारमा बस्ने बैठकमा दलको गतिविधिबारे छलफल हुने बताइएको छ । यसअघि गएको शनिबार बसेको बैठकले गुटगत गतिविधि गर्नेहरुलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस