रासायनिक मल कारखाना खोल्ने सरकारको निर्णय « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

रासायनिक मल कारखाना खोल्ने सरकारको निर्णय


१२ चैत्र २०७७, बिहिबार


काठमाडौँ । सरकारले नेपालमा रासायनिक मल कारखाना खोल्ने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपालमा पहिलो पटक रासायनिक मल कारखाना खोल्ने निर्णय गरेको एक मन्त्रीले प्रशासनलाई बताए ।

केही दिन अघि मात्रै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कारखाना खोल्ने निर्माणार्थ मन्त्रिपरिषदमा प्रस्ताव पेस गरेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आजै(बिहीबार) मात्र पशुपन्छीजन्य उत्पादनमा मुलुक आत्मनिर्भर भएको घोषणा कार्यक्रमलाई सम्बोधनका क्रममा ‘अब नेपालमा मल कारखाना पनि खोल्ने’ बताएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस