कोरोना संक्रमण जोखिम कम गर्न सीसीएमसीलाई स्वास्थ्य मन्त्रालयको ८ बुँदे सुझाव « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

कोरोना संक्रमण जोखिम कम गर्न सीसीएमसीलाई स्वास्थ्य मन्त्रालयको ८ बुँदे सुझाव


१२ चैत्र २०७७, बिहिबार


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक तयारीका लागि कोरोना भाइरस (कोभिड–१९) संकट व्यवस्थापन केन्द्र निर्देशक समिति (सीसीएमसी) लाई ८ बुँदे सुझाव दिएको छ ।

मन्त्रालयले आज (विहिबार) कोरोना संक्रमणको जोखिमलाई रोक्न भारतबाट नेपाल प्रवेश गर्ने नाकामा निगरानी बढाउनुपर्ने लगायत आठबुँदे निर्णयसहितको सुझाव पत्र सीसीएमसीलाई पठाएको हो ।

भारत, बेलायत, जर्मनी, फ्रान्स लगायत युरोपेली मुलुकमा बढेको भाइरस संक्रमणको जोखिम नेपालमा समेत बढेको पत्रमा जनाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय आगमन तथा प्रस्थान कक्षमा निगरानी बढाइ स्वास्थ्य परिक्षणमा सक्रियता बढाउन मन्त्रालयले सुझाव दिएको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस