सरोज र दीपाश्रीको फेसबुक आइडि ह्याक ! « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

सरोज र दीपाश्रीको फेसबुक आइडि ह्याक !


प्रशासन संवाददाता

१२ चैत्र २०७७, बिहिबार


काठमाडौं । कलाकारहरु आफ्नो फेसबुक ह्याक भएको भन्दै प्रहरीमा उजुरी दिएका छन् । फेसबुक ह्याक गरेर ह्याकरले पैसा माग्न थालेपछि कलाकारहरु उजुरीका लागि प्रहरीसामु पुगेका हुन् ।

अभिनेता सरोज खानाल, निर्देशक तथा कलाकर दीपाश्री निरौला, गीतकार दयाराम पाण्डे लगायतको फेसबुक ह्याक भएको छ ।

आज बिहानबाट सरोजको फेसबुक आइडि ह्याक भएको हो । उनीसँग कुरा भइरहने साथीहरुसँग ह्याकरले पैसा मागेको छ । उनको फेसबुकबाट सरोज खनाल बनेर असिदेखि एकलाख रुपैयाँसम्म पैसा मागेको बुझिएको छ । ह्याकरले गायक सञ्जय शाहको बैंक अकाउन्ट दिएर पैसा मागेको छ । श्रेष्ठलगायत उनीसँग कुराकानी भइरहने धेरै व्यक्तिहरुसँग पैसा मागेको छ । सरोज अहिले उजुरीको लागि साइबरमा पुगेका छन् ।

त्यस्तै दीपाश्री निरौलाले पनि आफ्नो फेसबुक ह्याक भएको र सबैलाई सचेत रहन पनि आग्रहसमेत गरेकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस