भागरथी हत्या प्रकरण : अभियुक्तको डीएनएसँंग मृतकको स्वाबमा भेटिएको डीएनए मिल्यो « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

भागरथी हत्या प्रकरण : अभियुक्तको डीएनएसँंग मृतकको स्वाबमा भेटिएको डीएनए मिल्यो


प्रशासन संवाददाता

१२ चैत्र २०७७, बिहिबार


बैतडी । बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी भट्ट हत्या प्रकरणमा अभियुक्तको डीएनएसँंग मृतकको भजाइनल स्वाबबाट निकालिएको डीएनए मिलेको छ ।

सम्बन्धित समाचार : भागरथीको बलात्कार र हत्या आरोपमा पक्राउ परेका किशोरको डिएनए परीक्षण गरिँदै

बिहीबार आएको रिपोर्टमा अभियुक्त दिनेश भट्टको डीएनए रिपोर्टमा मृतकको भजाइनल स्वाबबाट निकालिएको डीएनए मिलेको प्रहरीले दाबी गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख डीएसपी नारायणप्रसाद अधिकारीले राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा डीएनए मिलेको बताए ।’अभियुक्त र मृतकको डीएनए रिपोर्ट मिलेपछि अनुसन्धान प्रक्रिया सहज ढंगले अगाडि बढ्ने भएको छ,’ उनले भने ।

गत माघ २१ गते विद्यालय गएकी भागरथीको बलात्कारपछि हत्या भएको थियो । बलात्कार र हत्याको आरोपमा पक्राउ परेका अभियुक्त दिनेश भट्टलाई जिल्ला अदालत बैतडीको आदेश पछि पुर्पक्षका लागि बालसुधार गृह डोटीमा राखिएको छ ।

सम्बन्धित समाचार : भागरथीको बलात्कारपछि हत्या भएको पुष्टि

Tags :
प्रतिक्रिया दिनुहोस