पठाओलाई लोगोअङ्कित ज्याकेट र ट्राउजर नलगाउन निर्देशन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

पठाओलाई लोगोअङ्कित ज्याकेट र ट्राउजर नलगाउन निर्देशन


१० चैत्र २०७७, मंगलबार


काठमाडौँ । तीव्र विवादका बीच अन्ततः सेयर राइडिङ कम्पनी पठाओले आफ्ना राइडरहरुलाई कम्पनीको लोगोअङ्कित कुनै पनि कपडा नलगाउन ह्वीप जारी गरेको छ ।

कोभिड कालमा स्वास्थ्य सुरक्षाका लागि आवश्यक प्रोटोकलको रुपमा कम्पनीले राइडरहरुलाई कम्पनीको लोगो अंकित पीपीईको ज्याकेट, ट्राउजर वितरण गरेकोमा अहिले त्यसैले समस्या निम्तिएको भन्दै अर्को सूचना जारी नहुँदासम्म उक्त कपडा नलगाउन राइडरहरुलाई कम्पनीले निर्देशन दिएको हो ।

पठाओ कम्पनीले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै राइडरहरुमा यस्तो सूचना गरेको छ । अन्यथा, त्यसबाट घट्न सक्ने घटना र कारबाहीबाट स्वयम् राइडरले भोग्नुपर्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस