पठाओको सेवा बन्द « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

पठाओको सेवा बन्द


प्रशासन संवाददाता

१० चैत्र २०७७, मंगलबार


काठमाडौँ । राइड सेयर सेवा पठाओको सेवा अवरुद्ध भएको छ। विवादमा आएपछि पठाओले फेसबुक पेजमार्फत जानकारी दिँदै आफ्नो सेवा अवरुद्ध भएको जानकारी गराएको हो।

पठाओ नेपालकी मार्केटिङ प्रमुख सुरक्षा हमालले प्राविधिक कारणले केही समयको लागि सेवा उपलब्ध गराउन नसकेको बताइन् । ‘केही प्राविधिक समस्या देखिएको कारणले हाम्रो सेवा अवरुद्ध भएको छ,’ पठाओ कम्पपनीले जनाएको छ।

सोमबार बेलुकी काठमाडौँको नयाँ बसपार्कमा ट्याक्सी चालकको एक समूहले पठाओ चालकमाथि निर्घात कुटपिट गरेका थिए। आफूले भन्दा सस्तो भाडामा यात्रु चढाएको भन्दै ट्याक्सी चालकहरुले पठाओ राइडरमाथि आक्रमण गरेका थिए ।

त्यस विषयमाथि छलफल भइरहेको पठाओले जनाएको छ। नेपाल प्रहरीले दुवै पक्षलाई बोलाएर छलफल जारी राखेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस